साेती घटना : कर्णाली प्रदेेेश सरकारले मृतकको परिवारलाई एक लाख राहत दिने

साेती घटना : कर्णाली प्रदेेेश सरकारले मृतकको परिवारलाई एक लाख राहत दिने

असार ३ काठमाडौ

रुकुम घटनामा मृत्यु भएकाहरुको परिवारलाई कर्णाली  प्रदेश सरकारले एक लाख रुपैयाँ राहात दिने भएको छ ।

कर्णाली प्रदेेेश आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले घटनामा ज्यान गुमाएका रुकुम चौरजहारी नगरपालिकाका १ र जाजरकोटका भेरी नगरपालिकाका ५ जनाका परिवारलाई एक लाखका दरले राहत दिइने बताए । ‘उहाँहरुको परिवारलाई राहत दिन मन्त्रिपरिषदको बैठकमा यो निर्णय गरेका छौं, उनले भने, ‘त्यसले परिवारको पीडामा मल्हमपट्टी गर्ने हाम्रो अपेक्षा छ ।’

रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जनाको मृत्यु भएको थियो । जसमा भेरी नगरपालिका जाजरकोटका नवराज विक, गणेश विक, सन्दिप विक, लोकेन्द्र सुनार, टीकाराम सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार