काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२ रातामाटाका पूर्णबहादुर खड्का ‘निजामती सेवा सम्मान–२०८३’ बाट सम्मानित हुनुभएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा नायब सुब्बाका रूपमा कार्यरत खड्कालाई चन्द्रलोक प्रतिष्ठानले २३औँ निजामती सेवा दिवसका अवसरमा सम्मान गरेको हो ।
नेपाल सरकारको निजामती सेवामार्फत देशको विकास र नेपाली नागरिकप्रति समर्पित रही सेवाकालमा पुर्याउनुभएको योगदान तथा उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै खड्कालाई सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।
खड्काले २०६१ सालमा खरिदार पदबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । त्यसयता नेपाल सरकारका विभिन्न निकायमा सेवा गर्दै उहाँ हाल अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, गुहेश्वरी काठमाडौंमा कार्यरत हुनुहुन्छ ।
शनिबार काठमाडौमा आयोजित एक कार्यक्रमका बिच उहाँलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘निजामती सेवा सम्मान–२०८३’ प्रदान गर्दै सम्मान गर्नुभएको हो ।



