नेपाली कांग्रेस मुसिकोट–१३ को सभापतिमा केसी निर्वाचित

नेपाली कांग्रेस मुसिकोट–१३ को सभापतिमा केसी निर्वाचित

मुसिकोट । नेपाली कांग्रेस रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१३ को वडा सभापतिमा गोविन्दबहादुर केसी निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेस रुकुम पश्चिमको ८औँ जिल्ला अधिवेशनअन्तर्गत शनिबार सम्पन्न वडा अधिवेशनबाट केसी सर्वसम्मत वडा सभापतिमा चयन हुनुभएको हो ।

केसी लामो समयदेखि नेपाली कांग्रेस रुकुम पश्चिमको राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ । निर्वाचन अधिकृत पदम बहादुर विष्टका अनुसार अधिवेशनले सर्वसम्मत रूपमा नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधि चयन गरेको हो ।

कार्यसमितिको उप-सभापतिमा मैती कामी र वीरबहादुर रोका, सचिवमा भूपेन्द्र वली, सह-सचिवमा दुर्गाकुमारी कामी र प्रेमबहादुर खड्का तथा कोषाध्यक्षमा प्रेम बहादुर रोका चयन हुनुभएको छ ।

यस्तै, वडा कार्यसमिति सदस्यमा दलवीर बादी र सन्तोष गिरी चयन हुनुभएको छ। बाँकी सदस्यहरू कार्यसमितिको बैठकबाट मनोनित गरिने जनाइएको छ ।

अधिवेशनबाट २४ जना क्षेत्रीय प्रतिनिधिसमेत सर्वसम्मत चयन गरिएको छ। क्षेत्रीय प्रतिनिधिमा गोपाल जी जंग शाह, दलबहादुर खत्री, कर्णबहादुर वली, कुमार केसी, लक्ष्मण केसी, नवराज गिरी, नेपबहादुर वली, टेके रोका, अर्जुनकुमार वली, लालबहादुर रोका, प्रविर ददेल, कृष्ण परियार, मैती कामी, शुशिला खड्का, कमला केसी, अमृता वली, चन्द्रबहादुर घर्ती, चन्द्रकला घर्ती, टीकाराम वली, चन्द्रबहादुर वली, हरिबहादुर केसी, दिपा वली खड्का, गोविन्दबहादुर केसी र बसन्त ददेल चयन हुनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार