कांग्रेस वडा अधिवेशन : मुसिकोटका ७ वडामा नयाँ नेतृत्व चयन

कांग्रेस वडा अधिवेशन : मुसिकोटका ७ वडामा नयाँ नेतृत्व चयन

मुसिकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा वडा अधिवेशन सुरु भएको छ ।

जिल्लाका ६ स्थानीय तहअन्तर्गत ७३ वडामा हुने वडा अधिवेशनअन्तर्गत आज मुसिकोट नगरपालिकाका १४ वडामध्ये ७ वडामा अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भएका सबै वडामा वडा सभापतिसहित पदाधिकारी, सदस्य तथा क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन् ।

आज सम्पन्न अधिवेशनबाट वडा नं. २ मा रामबहादुर खड्का, वडा नं. ३ मा कर्ण बहादुर खत्री, वडा नं. ४ मा विशाल खड्का, वडा नं. ६ मा तारा बोहरा, वडा नं. ८ मा नन्दबहादुर पुन, वडा नं, १२ मा डिल्लीबहादुर बुढा र वडा नं. १३ मा गोविन्द बहादुर केसी वडा सभापतिमा निर्वाचित भएका छन ।

मुसिकोट नगर सभापति प्रेम बहादुर वलीका अनुसार बाँकी ७ वडामा भोलि वडा अधिवेशन सम्पन्न गरिने छ ।

हामीले उजेली न्यूजडटकमका लागि रुकुम पश्चिमका अन्य स्थानीय तहमा सम्पन्न हुने वडा अधिवेशनका गतिविधि र निर्वाचित नेतृत्वको विवरण प्रकाशन गर्ने छौ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार