काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य मानबहादुर नेपालीले सहमहामन्त्री (समावेशी दलित) पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध र समावेशी बनाउने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको नेपालीले बताउनुभएको छ ।
उम्मेदवारीका क्रममा उहाँले कांग्रेसलाई नयाँ पुस्तामैत्री बनाउँदै युवाको सक्रिय सहभागिताको अर्थपूर्ण प्रतिनिधित्वलाई थप प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको छ ।
आफ्नो उम्मेदवारीलाई संगठनभित्रको समावेशी अभ्यासलाई थप बलियो बनाउने अवसरका रूपमा प्रस्तुत गर्दै नेपालीले महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र विश्वासका लागि आग्रह गर्नुभएको छ ।

