कांग्रेस खुला केन्द्रीय सदस्यहरूको मतगणना आजबाट

कांग्रेस खुला केन्द्रीय सदस्यहरूको मतगणना आजबाट

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबारदेखि सुरु गरिने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी गरेको छ ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मंगलबार बिहान ८ बजेबाट खुला केन्द्रीय सदस्यहरूको मतगणना सुरु हुने छ ।

निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका उम्मेदवारबाहेक प्रतिनिधिको व्यवस्था नभएको पनि जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार