काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा जीवनबहादुर शाही निर्वाचित हुनुभएको छ ।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका शाहीले ३ हजार ९०६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
निर्वाचनमा जनकराज गिरीले १ हजार ३७०, नारायणप्रसाद भट्टराईले ७२१, राजन कुँवरले ३२४ र रामबहादुर विष्टले २६० मत प्राप्त गर्नुभएको छ ।
कुल ६ हजार ७२९ मत गणना हुँदा ३३ मत बदर भएको थियो ।

