रुकुम पश्चिम जिल्ला फुटबल संघको सम्पर्क कार्यालय स्थापना

रुकुम पश्चिम जिल्ला फुटबल संघको सम्पर्क कार्यालय स्थापना

मुसिकोट । रुकुम पश्चिममा जिल्ला फुटबल संघ तदर्थ समितिको सम्पर्क कार्यालय स्थापन गरिएको छ । मुसिकोट नगरपालिका–१३ सानचाैरमा सम्पर्क औपचारिक रूपमा उद्घाटन गरिएको छ ।

आइतबार आयोजित उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिका–१३ का वडा अध्यक्ष खल बहादुर खड्काले रिबन काटेर कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रम संघका तदर्थ समिति अध्यक्ष ध्रुव केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

जिल्लामा फुटबल खेलको विकास, विस्तार, खेलाडी उत्पादन तथा स्थानीय स्तरमा फुटबल गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले संघको कार्यालय स्थापना गरिएको हो समितिले जनाएको छ ।

कार्यालय स्थापनासँगै जिल्लाको फुटबल गतिविधिलाई संस्थागत रूपमा अगाडि बढाउन, खेलाडीको क्षमता अभिवृद्धि गर्न तथा विभिन्न प्रतियोगिता सञ्चालन गर्न सहज हुने संघका अध्यक्ष केसीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार