गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ९,०४६ पुग्यो

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ९,०४६ पुग्यो

असार ८ काठमाडौं

नेपालमा थप २० जनाका कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै प्रदेशका २ जिल्लाहरु स्याङजा र नवलपरासी पूर्वमा थप संक्रमण देखिएको जनाएको हो।

निर्देशनालयका अनुसार स्याङजामा १२ जना तथा नवलपरासी पूर्वमा ८ जनामा संक्रमण देखिएको हो। सबै भारतबाट फर्किएकाहरु रहेको र सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जनाएका छन्। उनीहरु सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको जनाइएको छ।
संक्रमितमा २ जना महिला र १८ जना पुरुष छन्।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको छ। नेपालभर भने संक्रमितको संख्या ९ हजार ४६ पुगेको छ। नेपालमा हालसम्म २३ जनाको मृत्यु भइसकेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार