मध्यराती कार दुर्घटनामा बुटवलका पत्रकार पाण्डेको मृत्यु

मध्यराती कार दुर्घटनामा बुटवलका पत्रकार पाण्डेको मृत्यु

असार १४ काठमाडौं

आफैले चलाएको कार दुर्घटनामा परी बुटवलका पत्रकार कृष्ण (बाबु) पाण्डेले मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१ ड्राइभरटोलमा मध्यराती भएको सवारी दुर्घटनामा परि न्यूज २४ का बुटवल सम्बाददाता  पाण्डेको मृत्यु भएको हो ।

मध्यराती बुटवलदेखि आफ्नो निवास नयामिलतर्फ जाँदैगर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको कार दुर्घटनामा परी घाईते भएका पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो । ३० वर्षिय पाण्डेको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा मृत्यु भएको हो ।

पाण्डे विगत एक दशकदेखि रुपन्देहीमा रहेर विभिन्न  सञ्चार क्षेत्रमा आवद्ध थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार