पहिरोले घर पुरिंदा स्याङ्जामा एक जनाको मृत्यु

पहिरोले घर पुरिंदा स्याङ्जामा एक जनाको मृत्यु

असार १४ काठमाडौ
स्याङ्जाको गल्याङमा विरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर एक जनाको ज्यान गएको छ ।  पहिरोमा परेर जिल्लाको गल्याङ नगरपालिका-९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको वडाध्यक्ष हरी खनालले जानकारी दिएका छन ।

राति ३ बजेतिर घर माथिबाट आएको पहिरोमा परेर उहाँकी श्रीमती घाइते भएका छन । उनलाई उपचारका लागि पाल्पा लगिएको छ ।

३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार