अब एक व्यक्तिलाई दुई वटा मात्रै सिम

अब एक व्यक्तिलाई दुई वटा मात्रै सिम

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकले  एउटा व्यक्तिका नाममा अब दुईभन्दा बढी सिमकार्ड जारी गर्न नपाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले आइतबार यससम्बन्धी निर्णय गरेको हो ।

सोहीअनुसार सेवा प्रदायकलाई निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

अब कुनै व्यक्तिका नाममा दुई वा सोभन्दा बढी सिमकार्ड जारी भइसकेको छ भने उसले अर्को सिम लिन नपाउने बताएको छ । यसअघि एकै व्यक्तिका नाममा दुईभन्दा बढी सिमकार्ड जारी भएको पाइए त्यसलाई के गर्ने भन्ने विषयमा प्राधिकरणले छिट्टै सेवा प्रदायकसँग छलफल गर्ने अर्यालले जानकारी दिए ।

नेपाल टेलिकमको हकमा भने एकै व्यक्तिका नाममा तीनवटा सिम जारी गर्न पाइनेछ । टेलिकमको जीएसएम सेवातर्फ दुई वटा सिम र सीडीएम सेवातर्फ थप एक सिम जारी गर्न पाइने व्यवस्था गरिएको प्रवक्ता अर्यालले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार