काठमाडौं । रुकुम पश्चिममा पहिराेले पुरिएर दुई जनाकाे मृत्यु भएको छ । जिल्लाकाे आठबिसकाेट नगरपालिका-३ स्यालाखदीमा पहिराले घर पुर्दा एकै घरका २ जनाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईकाे घर पहिरोले पुर्दा २८ बर्षकि सीता दमाई र निजकाे छाेरा बर्ष ६ काे हाविल परियार काे निधन भएको हाे । यस्तै घटनामा परि तुल बहादुरकि ८ बर्षिया हिरा परियार घाइते भएकि छिन । घाइतेको नेपाल प्रहरी र स्थानीयबासीले उद्दार गरेका हुन ।
