रुकुममा पहिरोमा पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु, एककाे उद्वार

रुकुममा पहिरोमा पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु, एककाे उद्वार

काठमाडौं  । रुकुम पश्चिममा पहिराेले पुरिएर दुई  जनाकाे मृत्यु भएको छ । जिल्लाकाे आठबिसकाेट नगरपालिका-३  स्यालाखदीमा पहिराले घर पुर्दा एकै घरका २ जनाकाे मृत्यु भएको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईकाे घर पहिरोले पुर्दा २८ बर्षकि सीता दमाई र निजकाे छाेरा बर्ष ६ काे हाविल परियार काे निधन भएको हाे । यस्तै घटनामा परि तुल बहादुरकि ८ बर्षिया हिरा परियार घाइते भएकि छिन । घाइतेको  नेपाल प्रहरी र स्थानीयबासीले उद्दार गरेका हुन ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार