जाजरकोट पहिरो : ४० घर परिवार विस्थापित

जाजरकोट पहिरो : ४० घर परिवार विस्थापित

राजेन्द्र कार्की । जाजरकोट

जाजरकोटको बारेकोटमा पहिलो गाउँ बगाउदा ४० घरपरिवार विस्थापित भएका छन् । घर नजिकैबाट पहिरो जान थालेपछि बारेकोट ४ जिरीका ३२ घर र गोठगाँउका ८ घरका डेढ सय विस्थापित भएको प्रहरीले जनाएको छ । उनीहरुलाई स्थानिय दुई विद्यालयमा राखिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए ।

पानी नरोकिएकाले अहिले पनि धेरै घर जोखिममा छन् । विहिवार राती आएको पहिरोले बारेकोट ४ सार्कीटोलका दुई घर बगाउँदा सात जनाको मृत्यु भएको छ । पाँच जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य शनिवार विहानै देखि जारी रहेको डिएस्पी श्रेष्ठले बताए । नेपाली सेनाको उद्धार टोली घटना स्थल पुगेर पहिरोमा पुरिएकाको खोजी गरिरहेको छ । खराब मौसमका कारण उद्धारमा कठिनाई भएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्र शाहले बताए । बारेकोट ५ तोल्खान, कालाखोली, भैलोखान, वडा नं ४ गोठगाँउ, जिरी, मैना लगायतका बस्ती पहिरोको उच्च जोखिममा रहेकाले स्थानिय विद्यालयमा बस्न आग्रह गरिएको उनले बताए । ति गाँउका करीव ६० घरधुरी पहिरोको जोखिममा परेको अध्यक्ष शाहले बताए । पानी परिरहेकोले स्थानिय त्रसित भएका छन् ।

त्यस्तै बारेकोट ६ धुमाका २० बर्षिय शान्तबहादुर चलाउने र १० बर्षिय प्रचण्ड चलाउनेलाई स्थानिय एक खोलाले बेपत्ता बनाएको छ । रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानियले खोलामा आएको बाढीबाट उद्धार गरेका छन् । रामचन्द्र गंभिर घाइते भएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिहले बताए । जिल्लाको जुनीचाँदेमा खोलामा एक जना बेपत्ता भएका छन् । भिरबाट लडेर खोलामा परेका जुनीचाँदे ११ का डिल्लीबहादुर चनारा सानाखोलामा बेपत्ता भएका हुन ।

त्यस्तै बारेकोट ४ का लालबहादुर नेपाली पहिरोमा परि गंभिर घाइते भएका छन् । पहिरोले घर भत्काएको र भाग्ने क्रममा उनी घाइते भएका हुन् । घाइते दुइ जनाको उद्धारका लागी सुर्खेतबाट हेलिकोप्टर आउने भनिएपनि खराब मौसमका कारण आउन सकेको छैन । घाइते घरमै उपचार अभावमा छट्पटाईरहेको गाँउपालिका अध्यक्ष शाहले बताए । घटनास्थल बारेकोट सदरमुकाम खलंगा देखि दुई दिन पैदल दुरीमा २५ कोष उत्तर पुर्वमा पर्छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार