दुई जिल्लाको एउटै कारागार, क्षमता भन्दा चार गुणा बढी कैदी

दुई जिल्लाको एउटै कारागार, क्षमता भन्दा चार गुणा बढी कैदी

रुकुम पश्चिम । जिल्ला कारागार रुकुम पश्चिममा क्षमता भन्दा धेरै कैदी बन्दी राखिएको छ । २० जना पुरुष र ५ जना महिला गरि जम्मा २५ जनाको क्षमता रहेको भए पनि क्षमता भन्दा अत्याधिक बढि कैदी राखिएको हो ।

क्षमता भन्दा चार गुणा कैदी बन्दी राखिएको उक्त कारागारमा उनीहरूको सुधार गृहभन्दा पनि यातना स्थल भएको देखिन्छ। हाल कारागारमा ९७ जना पुरुष र ८ जना महिला गरि जम्मा १ सय ५ जना कैदीबन्दी राखिएको कारागार कार्यालयकी प्रमुख गौमता पुनले जानकारी दिइन ।

प्रमुख गौमताका अनुसार जम्मा ९ वटा कोठा भएकोमा ८ वटामा पुरुष र १ वटामा महिला बस्ने गरेका छन । उनले कैदीबन्दीहरु एउटै कोठामा धेरै खादिएर बस्नुपर्ने बाध्यता रहेकोले साझ एकतिर सुतेभने बिहान पनि त्यहि आशनबाट उठनुपर्ने बाध्यता रहेको छ । यस कारागारमा रुकुम पूर्वका कैदी बन्दीहरु पनि राखिएकाले चाप बढेको कार्यालयले जनाएको छ ।

रुकुम पूर्वमा कैदीबन्दीहरु लाई राख्नको लागि कारागारको व्यवस्था नभएपछि पश्चिममा राख्ने गरिएको छ । भौतिक पूर्वाधार र क्षमता भन्दा बढि कैदी बन्दी हुँदा कारागारको व्यवस्थापन गर्न निकै ठिन भएको छ । यसले गर्दा खानेपानी, विद्युत्त, शौचालय प्रयोग, खेल मैदान र खेल सामग्री प्रयोग लगायतमा ठुलो समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारि शेर बहादुर पुनले धेरै पटक आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुर्खेत देखि गृह मन्त्रालय र कारागार व्यवस्था विभागमा पत्राचार गरेर यहाँको समस्याको बारेमा जानकारी गराएको बताएका छन ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार