सोती घटनामा कहाँ चुक्यो प्रहरी ? यस्तो छ संसदीय विशेष समितिको प्रतिवेदन

सोती घटनामा कहाँ चुक्यो प्रहरी ? यस्तो छ संसदीय विशेष समितिको प्रतिवेदन

काठमाडौँ ।  रुकुमको चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनाको अध्ययन गर्न गठित संसदीय समितिले जाजरकोटका नवराज बिक सहित ६ जनाको ज्यान जानेगरी भएको घटना सुनियोजित भएको निष्कर्ष निकालेको छ।

२०७७ साल जेठ १० गते जाजरकोटबाट आफनै प्रेमिका भगाउन रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका-८ सोती पुगेका नवराज बिक सहित ६ जनाको ज्यान गएको थियो। सासद देवेन्द्र पौडेल संयोजकत्वमा गठित संसदीय समितिले एक महिना अध्ययन गरेर तयार पारेको प्रतिवेदन आज सभामुख अग्नि सापकोटालाई बुझाएको छ।

प्रतिवेदनमा घटनाको मुख्य जरिया जातीय भेदभाव र छुवाछुत भएको उल्लेख रहेको छ भने  लकडाउनको समयमा १८ जना युवाहरू रुकुम प्रवेश गरेको कुरा सुरक्षाकर्मीलाई थाहा भएन भन्न सकिने अवस्था देखिदैन। सुरक्षाकर्मीहरूले समयमै लकडाउन सम्बन्धी नियमको पालना कडाईको साथ लागू गर्न सकेको भए यो घटना घट्न नसक्ने देखिन्छ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रहरी कहाँ चुक्यो ?

१, घटना घटित भैरहेको जानकारी सुरक्षाकर्मीले प्राप्त गरेको तर घटनाको प्रकृतिप्रति सुरक्षाकर्मी गम्भीर नभएको देखिन्छ। रुकुम पश्चिम चौरजहारी ईलाका प्रहरी कार्यालयकाअसई सन्तोष लामिछाने र प्रहरी हबल्दार रमेश बस्नेत मोटरसाईकल लिई आएको अवस्थाबाटै प्रहरीले घटनाको गम्भीरता फेहरिस्त एकिन सूचना जानकारी नपाएको वा नलिएको अवस्था प्रष्ट देखिन्छ । प्रहरीहरू घटनास्थलमा पुगे पछि पनि त्यती चासो लिई घटनाको विस्तृत जानकारी लिएको भने देखिदैन ।

२, सामान्य सोधपुछ पछि पीडित घाईतेहरूलाई लिई गएको र द्द जनालाई अस्पतालमा राखी बाँकी १० जनालाई ईलाका प्रहरी चौरजहारीमा लगी सोधपुछ गरेको। उक्त समयसम्म पनि घटनालाई गम्भीर रुपमा नलिएको र बेपत्ता भएका ट जना युवाहरूको तत्काल खोजी कार्य नगरेको पाइयो । यदि तत्कालै सोधपुछ गरी खोजी कार्य गरेको भए सँगै गएका बाँकी ट जनाहरू पनि सोही स्थानमा जीवितै फेला पर्न सक्ने देखिन्छ ।

३, घटनास्थलबाट नियन्त्रणमा लिई ज्ञद्द जना युवाहरूलाई ईलाका प्रहरी कार्यालय चौरजहारीमा पुर्यानए लगत्तै नवराज वि।क। को लाश फेला परेको देखिन्छ । यो कुरा प्रहरीलाई जानकारी भए पछि घाईतेहरूको वयान लिनुको सट्टा हराएका व्यक्तिहरूको खोजी कार्य गर्नुपर्ने कर्तव्य पुरा गरेको देखिदैन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार