कोरोना संक्रमितको संख्या घट्दै 

कोरोना संक्रमितको संख्या घट्दै 

प्रतिकात्मक तस्बिर
२४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरङका दुई र तेह्रथुमका दुई, कोशी अस्पताल विराटनगरमा इलामका एक र मोरङका छ, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक र मोरङका एक, नारायणी अस्पताल वीरगञ्जमा बाराका एक जनालाई कोरोना देखिएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सर्लाहीका दुई, नुवाकोटका दुई, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका एक, पर्वतका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका दुई र पाल्पाका दुई, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा दैलेखका एक, दैलेख पीसीआर प्रयोगशाला दैलेखमा दैलेखका चार, चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा सल्यानका एक र रुकुमपश्चिमका तीन जनामा कोरोना देखिएको छ ।

डडेल्धुरा अस्पतालमा डडेल्धुराका दुई, बझाङका दुई र डोटीका सात, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा कैलालीका १३ र कञ्चनपुरका एक गरी आज जम्मा ५७ जनामा कोरोना देखिएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८२५ छ । सङ्क्रमणमुक्त भई घर फर्किने र हालसम्म सक्रिय सङ्क्रमण रहने दुवैको जम्मा सङ्ख्या १७ हजार ५०२ पुगेको छ । विगत २४ घण्टामा २७ प्रयोगशालामा तीन हजार ३३१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

अहिले क्वारेन्टिनमा रहनुभएका व्यक्तिको सङ्ख्या २३ हजार २७५ रहेको छ । आइसोलेसन रहेका सङ्क्रमित व्यक्तिको सङ्ख्या पाँच हजार ८२५ छ । कोभिड–१९ बाट सङ्क्रमणमुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या १०३ रहेको छ । आजसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ६३७ (६६.१२ प्रतिशत) छ । उनीहरुको उपचार तथा हेरचाहमा खटिने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य सहयोगीलाई मन्त्रालयले धन्यवादसमेत व्यक्त गरेको छ । मन्त्रालयले जनस्वास्थ्यको  न्यूनतम पालन गर्नसमेत आग्रह गरेको छ ।

मन्त्रालयको दुई वटा कल सेन्टरबाट ७६७ कल प्राप्त भएको छ । हाम्रो स्वास्थ्य एप्लिकेशन डाउनलोड गर्नेको सङ्ख्या एक लाख ६० हजार ५०० छ । त्यसमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या ८७ हजार २८१ छ । जम्मा इन्ट्री गरिएको सङ्ख्या ६७ हजार ८४७ रहेकामा शनिबार ७० जनाले इन्ट्री गर्नुभएको छ । रेडजोनमा परेकाको जम्मा सङ्ख्या ५२७ छ । शनिबार कोही पनि रेडजोनमा परेका छैनन् । मन्त्रालयको वेबसाइट हेर्नेको सङ्ख्या ३० लाख ५१ हजार ५०० छ । भाइबर ग्रुपमा जोडिनेको सङ्ख्या चार लाख छ हजार ४२४ छ ।

हालसम्मको विश्वको तथ्याङ्क हेर्दा एक करोड ४२ लाख दुई हजार ९७९ व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । त्यसैगरी पाँच लाख ९९ हजार ६०३ व्यक्तिको निधन भइसकेको छ ।
प्रवक्ता गौतमले भने, “सार्क सदस्य देशहरुसँग नेपाललाई तुलना गरेर हेर्दा नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा अफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।”

कोभिड–१९ बाट प्रत्येक १० लाखमा मृत्यु हुनेको अनुपातमा बङ्गलादेश, भारत, माल्दिभ्स, अफगानिस्थान र पाकिस्तानभन्दा नेपालमा कम रहेको छ । प्रत्येक १० लाखमा पीसीआर परीक्षणको सङ्ख्या अफगानिस्तानमा दुई हजार १३३, बङ्गलादेशमा छ हजार ११०, श्रीलङ्कामा छ हजार ३२७, पाकिस्तानमा सात हजार ६८६, भारतमा नौ हजार ७३० र नेपालमा १० हजार ६९५ छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार