बाँफिकोटमा पहिरो : बेपत्ता दुई जना शब फेला

बाँफिकोटमा पहिरो : बेपत्ता दुई जना शब फेला

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-९ स्यालाखेत गाउँमा हस्त बहादुर सुनारको घर गएराति पहिरोले बगाउँदा बेपत्ता भएका २ जना शब फेला परेको छ । आज बिहान करिब ४ बजे पहिरोले घर बगाउदा वेपत्ता भएका २२ बर्षका नवीन सुनार र उनका साथी १६ बर्षका बल बहादुर सुनुवारको मृत अवस्थामा शव फेला परेको हो ।

अहिले मृतक दुबै जनालाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा लगिएको प्रहरी पोस्ट छिनखेतका ईन्चार्ज बालकृष्ण खड्काले जानकारी दिए । उनका अनुसार
पहिरोमा परेर ३ जना घाइते भएका छन । घाइते मध्ये गम्भीर ५५ बर्षकि झुपि सुनारको छिन्खेत मेडिकलमा उपचार भैरहेको छ । ३ जनालाई भने स्थानीयले सकुसल उद्दार गरेका हुन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार