एसिड आक्रमणबाट घाइते युवतीलाई गृहसचिव र आईजीपीले भेटे, उपचारको चिन्ता नलिन आग्रह

एसिड आक्रमणबाट घाइते युवतीलाई गृहसचिव र आईजीपीले भेटे, उपचारको चिन्ता नलिन आग्रह

काठमाडौँ । साउन ८ गते राति काठमाडौको बाफलमा एसिड आक्रमणबाट घाईते भइ उपचाररत युवतीलाई अस्पतालमा पुगेर गृहसचिव महेश्वर न्यौपाने र प्रहरी महानिरीक्षक (आईजीपी)  शैलेश थापा क्षेत्रीले भेटेका छन् ।

गृहसचिव र आईजीपीसँगै महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्‍वराज पोखरेलले पनि पीडित युवतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । कीर्तिपुरस्थित अस्पतालमा पुगेर गृहसचिव न्यौपाने र प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उपचारको चिन्ता नलिन पनि युवतीलाई आग्रह गरेका छन् ।

पीडितलाई भेट्न मंगलबार साँझ अस्पताल पुगेका दुवै अधिकारीले उपचारमा कुनै कमी हुन नदिन पनि अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । एसीड आक्रमणबाट युवतीको निधार, गाला र टाउकोका केही भाग जलेको छ ।

असार ८ गते राति बालफलमा सामान किन्न निस्केकी ओखलढुंगाकी २२ वर्षीय युवतीलाई रौतहट लक्ष्मीपुर र भई सितापाइलामा कपडा कारखाना सञ्चालक ४७ वर्षीय मोहम्मद आलमको योजनामा उनकै कारखानाका कामदार भारतीय नागरिक २३ वर्षीय मुन्ना अहमदले ती युवतीलाई एसिड प्रहार गरी फरार भएका थिए ।

राति ८ बजेको घटनापछि अनुसन्धानमा जुटेका महानगरीय प्रहरी परिसर काठमामडौं र महानगरीय अपराध महाशाखाको टोलीले ३ घन्टापछि सितापाइलाबाटै दुवैजना अभियुक्तलाई पक्राउ गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार