सभामुखका एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि

सभामुखका एक सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाका सुरक्षामा खटिने एकजना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले दिएको जानकारीअनुसार सभामुख निवासमा कार्यरत एक सुरक्षाकर्मीमा कोरोना देखिएको हो।

उनमा कोरोना देखिएपछि शुक्रबार सभामुखको सचिवालयका कर्मचारी, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी सबैको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।सुभामुखको सचिवालय स्रोतका अनुसार कोरोना देखिएका सुरक्षाकर्मी सभामुख सापकोटाको अगाडि लाग्ने अगुवा गाडीमा सवार हुन्थे।

साउन ६ गतेसम्म ड्युटीमा आएका उनको प्रहरी हेडक्वार्टरमा परीक्षण गर्दा कोरोना परीक्षण देखिएको थियो। सचिवालय स्रोतका अनुसार ती सुरक्षाकर्मी साउन ६ गतेपछि ड्युटीमा आएका छैनन्। तै पनि त्यसअघि सम्पर्कमा रहेकाहरुमा कोरोना संक्रमण हुनेसक्ने आशंकामा सचिवालयमा खटिएका सबैको स्वाब संकलन गरिएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार