मंगलबार १२१५ नेपाली स्वदेश फर्किए

मंगलबार १२१५ नेपाली स्वदेश फर्किए

काठमाडौं । मंगलबार विभिन्न देशहरुबाट १२ सय १५ जना नेपाली नेपाल फर्किएका छन्। विभिन्न ७ उडानहरु मार्फत नेपालीहरु स्वदेश फर्किएकाे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।

स्वदेश फर्कनेमा मलेसिया, कतार, युएई, जापानलगायत मुलुकमा समस्यामा परेकाहरू छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार लकडाउन शुरु भएयता मंगलबारसम्म ४२ हजार १४ जना नेपाली स्वदेश फर्किएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार