बुधबार थप ३८१ जनामा काेराेना संक्रमण

बुधबार थप ३८१ जनामा काेराेना संक्रमण

प्रतिकात्मक तस्बिर

काठमाडौं । बुधबार देशका विभिन्न ठाउँमा ३८१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भई घर फर्किएका छन्। प्रवक्ता गौतमले हालसम्म १५ हजार १ सय ५६ जना कोरोनाबाट निको भएको जानकारी दिए। हालसम्म ७०. ८ प्रतिशत निको भएका छन्।

विगत २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ४ लाख १२ हजार बढीको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितकाे मृत्यु भएको  हो। याेसहि मृतककाे संख्या ६० पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार