वीरगन्जमा मृत्यु भएका दुवै जनामा कोरोना पुष्टि

वीरगन्जमा मृत्यु भएका दुवै जनामा कोरोना पुष्टि

काठमाडौँ । वीरगन्जको नारायणी अस्थायी कोरोना अस्पतलामा बिहीबार मृत्यु भएका दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मृतक दुबै बारा जिल्लाका बासिन्दा हुन् ।
नारायणी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा बिहीबार बिहान मृत्यु भएका वाराका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।मदनकुमार उपाध्यायले जानकारी दिए । बाराको प्रसौनी गाउँपालिकाका २ प्रसौनीका ६५ वर्षीय र जीतपुर सिमरा उपमहानगरपालिका ४ औराहाका ५० वर्षीय पुरुषको बिहान कोरोना अस्पतालमा मृत्यु भएको थियो ।

पुराना दमका रोगी प्रसौनी निवासी ६५ वर्षीय वृद्धमा ज्वरो र खोकी लागेपछि परिवारले वीरगन्जको नारायणी वयोधा अस्पताल ल्याएका थिए । वयोधाले कोरोना अस्पताल रेफर गरेको थियो । पछिल्लो समय स्वासप्रश्वासमा समस्या देखिएको उनको उपचारको क्रममा बिहान साढे ८ बजेको समयमा मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार