तत्काल त्रिविका परीक्षाहरु नहुने

तत्काल त्रिविका परीक्षाहरु नहुने

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले पूर्व निर्धारित परीक्षाहरु तत्काल सञ्चालन नगर्ने भएको छ । देशका विभिन्न ठाउँमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय ९पनिका०का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

यसअघि बन्दाबन्दी  खुलेसँगै पनिकाले आउँदो भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ’, उहाँले भन्नुभयो, ‘तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ ।’ त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ  ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार