बागलुङमा जि.स.स. प्रमुख र वडाअध्यक्ष लाई कोरोना पुष्टि

बागलुङमा जि.स.स. प्रमुख र वडाअध्यक्ष लाई कोरोना पुष्टि

काठमाडौँ । शनिबार बागलुङमा दुईजना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणको क्रममा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगाना र बडिगाड गाउँपालिका ६ का वडा अध्यक्ष मौसम काजी क्षत्रीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत साउन १४ गतेदेखि जिल्ला बाहिरका बैठकमा सामेल भएकाले कन्ट्याक्ट ट्रेसिङमा स्वाब दिइएको र रिपोर्ट पोजेटिभ आएको जिसस प्रमुख ढुंगानाले जानकारी दिएका छन ।

वडा अध्यक्ष क्षेत्री भने बडिगाड गाउँपालिकाको क्वारेन्टाईन व्यवस्थापनमा खटिएकाले संक्रमित भएको हुन सक्ने बडिगाड गाउँपालिकाका स्वास्थ्य सह–संयोजक चुडामणी कँडेलले बताए ।

बागलुङमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ६५ पुगेको छ । अहिले सम्म दुई सय ४५ निको भएर घर फर्केका छन् । एक युवाको मृत्यु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार