भरतपुर अस्पतालका ३ चिकित्सकसहित ४ जनामा कोरोना पुष्टि

भरतपुर अस्पतालका ३ चिकित्सकसहित ४ जनामा कोरोना पुष्टि

काठमाडौँ । शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चारजनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारी, प्रसुति विभागका प्रमुख सुनीलमणी पोख्रेल, आकस्मिक कक्षका अर्का एक चिकित्सक र एकजना नर्समा कोरोना संक्रमण देखिएको छ ।

आइतबार बिहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी दिँदै अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

अध्यक्ष डा.अधिकारीका अनुसार संक्रमण पुष्टि भएका चारजनाकै स्वास्थ्य अवस्था सामान्य छ । अस्पतालका मेसु डा। तिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा रहेका छन् । शनिबार प्रयोगशालामा ४ सय ७४ नमुना परीक्षण गरिएकामध्ये २८ जनामा संक्रमण देखिएको हो । बाँकी ४ सय ४६ नमुनाको नतिजा भने नेगेटिभ आएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार