बाँकेमा प्रदेश सांसद सहित २८ जना कोरोना मुक्त

बाँकेमा प्रदेश सांसद सहित २८ जना कोरोना मुक्त

काठमाडौँ । प्रदेश नम्बर ५ की सांसद कृष्णा केसीसहित बिहीबार बाँकेका २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । बाँके क्षेत्र नम्बर १ क की सांसद केसीसहित २८ जना कोरोनामुक्त भएर बिहीबार घर फर्किएका हुन् ।

१३ जना महिलासहित २८ जना संक्रमितहरु आज बिहिबार डिस्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार बाँकेको खुल्ला कारागार आइसोलेसन सेन्टर, आइसोलेसन सेन्टर आदर्शनगर, होटेल सिटी प्यालेस आइसोलेसन सेन्टर, लायन्स डेन्टल आइसोलेसन सेन्टरलगायतका आइसोलेसन सेन्टरहरुमा रहेका कोरोना संक्रमितहरु डिस्चार्ज भएका हुन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार