गौतमबुद्ध विमानस्थलका कासविरूद्ध भ्रष्टाचार मुद्दा

गौतमबुद्ध विमानस्थलका कासविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीका कार्यालय सहयोग विश्वनाथप्रसाद लोध र महेन्द्रप्रसाद यादवविरूद्ध चार लाख बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार दुबैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनमा घुस लेनदेन भएको सप्रमाण अख्तियारले उनीहरूलाई पक्राउ गरेको थियो।

यादवलाई घुस दिने मतियार भएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। पक्राउ परेका दुवैमाथि अनुसन्धान हुँदा घुस लिएको कसुर स्थापित भएको अख्तियारले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार