काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रिमत थपिएका छन्। संक्रमितहरू काठमाडौंका १ सय ५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जना छन्। उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।
योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ९ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।