झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना पुष्टि

झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना पुष्टि

काठमाडौँ । ललितपुरको पुल्चोकमा बिहिबार भएको झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए।

कोरोना भाइरस संक्रमणको प्रभावका कारण लामो समयसम्म रोकिएको रातो मच्छिन्द्रनाथको रथ तान्न खोज्दा स्थानीय युवा र प्रहरीबीच बिहीबार पुल्चोकमा झडप भएको थियो । स्वाब संकलन गराएर झडप नियन्त्रमा खटिएका केही प्रहरीसहित उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार