आइतबार थप ९८० जनामा कोरोना संक्रमण

आइतबार थप ९८० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार २५७ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ५५ पुगेको छ। काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ संक्रमित थपिएका हुन्।

हाल १७ हजार २७ जना संक्रिय संक्रमित छन् भने ९ हजार २०१ संस्थागत आइसोलेसनमा छन्। होम आइसोलेसनमा रहनेहरूको संख्या ७ हजार ८२६ छ। १० हजार ३८२ जनाको पिसिआर परिक्षण भएको छ। हाल ४ हजार ७०३ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २८ हजार ९४१ जना निको भएर घर फर्किएका छन्। यो कुल संक्रमितको ६३ प्रतिशत हो। यस्तै विगत २४ घण्टामा ९ मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार