भारतमा पूर्व केन्द्रीय मन्त्री रघुवंशप्रसाद सिंहको निधन

भारतमा पूर्व केन्द्रीय मन्त्री रघुवंशप्रसाद सिंहको निधन

काठमाडौँ । भारतमा पूर्व केन्द्रीय मन्त्री तथा राष्ट्रिय जनता दलका वरिष्ठ नेता रघुवंशप्रसाद सिंहको निधन भएको छ । नयाँ दिल्लीस्थित एम्स अस्पतालमा ७४ वर्षको उमेरमा उनको आइतबार बिहान निधन भएको हो ।

दुई दिनअघि उनले चिट्ठी लेखेर लालुप्रसाद यादवलाई पार्टीबाट आफ्नो राजीनामा पत्र पठाएका थिए। त्यसको जवाफमा लालुप्रसादले चिट्ठी लेखेर आरजेडीबाट बाहिर नजाने आग्रह गरेका थिए ।

गएको शुक्रबार राति उनको स्वास्थ्यमा समस्या देखिएको थियो । त्यसपछि सिंहलाई भेन्टिलेटरमा राखिएको थियो । सिंहले अस्पतालमै रहेकै बेला राजीनामा पत्र लेखेका थिए । लालुयादवले ट्वीट गरेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार