बर्दिबासमा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना

बर्दिबासमा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना

काठमाडौँ। सशस्त्र प्रहरीले सीमा नाकाको सुरक्षाका लागि भन्दै महोत्तरीको बर्दिबास नगरपालिका ४ मा ‘रिजर्भ गण’ स्थापना गरेको छ । सशस्त्र प्रहरीको प्रदेश(२ कार्यालय प्राङ्गणमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ को हेड क्वाटर स्थापना गरिएको हो । उक्त गणको सशस्त्र प्रहरीका प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णभक्त ब्रम्हचार्यले उद्घाटन गरे ।

नेपाल सरकारले गत असार २९ गते सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र जनशक्ति परिचालनका लागि काम गर्न भन्दै ‘रिर्जभ गण’ को स्थापना गर्ने निर्णय बमोजिम यो गणको स्थापना गरिएको डीआईजी ब्रम्हाचार्यले बताए । उनका अनुसार गणले विपद् व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलापहरुको बारेमा काम गर्नेछ ।

गणमा उपरीक्षक सुरेन्द्र बुढाथोकीको नेतृत्वमा ६ सय २१ जना जनशक्ति परिचालन हुनेछन् । बर्दिबासबाहेक बारामा पनि रिजर्भ गणको स्थापना गरिने उनले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार