छाउनीमा कोरोना संक्रमणबाट सैनिक जवानको मृत्यु

छाउनीमा कोरोना संक्रमणबाट सैनिक जवानको मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ घर भई काठमाडौं उपत्कामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई असोज ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या २ पुगेको छ यस्तै जङ्ग्गी अड्डाका अनुसार सेनामा हालसम्म २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५३९ जना संक्रमणमुक्त भएका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार