नियमविपरित सञ्चालन भएका पाँचवटा फार्मेसी सिल

नियमविपरित सञ्चालन भएका पाँचवटा फार्मेसी सिल

मोरङ । विराटनगरमा नियमविपरीत सञ्चालन हुदै आएका पाँच वटा औषधी पसल सिल गरिएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ, प्रहरी, र औषधी ब्यवस्था विभागको संयुक्त टोलीले अनुगमनका क्रममा नियमविपरीत सञ्चालनमा आएका औषधी पसल सिल गरेको हो।

अनुगमन टोलीले विभिन्न स्थानका २१ वटा पसलको अनुमगन गरेको थियो। विभागका विराटनगर प्रमुख सञ्जीव कट्टेलले नवीकरण नगरि सञ्चालन गरिएका, पसलमा अनुमति पत्र र औषधी बारे जानकार नभएका ब्यक्ति राखिएका पसल बन्द गरिएको बताए।

अनुगमनका क्रममा नोबेल शिक्षण अस्पतालभित्र दुईवटा सुस्वास्थ्य र मेडिकेम फार्मेसी एक वर्षदेखि नवीकरणनै नगरिकन सञ्चालन भइरहेको फेला परेको कट्टेलले बताए। लामो समयदेखि प्रक्रियामा नआएका र नवीकरण नगरि सञ्चालन गर्दै आएका पसललाई कार्वाही गरि बन्द गरिएको बताए।

अनुगमन सुरु भएको जानकारी पाएलगत्तै नोबेल अस्पताल आसपासका १८ वटा फार्मेसी बन्द गरेर सञ्चालक भागेको थिए। विभागका अनुसार प्रहरीसँग समन्वय गरेर खोजी गर्दै उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

अस्पताल फार्मेसी निर्देशिका २०७२ ले अस्पतालभित्र आफ्नो नाममा दर्ता रहेकोबाहेक अरु फार्मेसी सञ्चालनमा रोक लगाएको छ। तर आफ्नो नाममा पनि फार्मेसी चलाइरहेको नोबेलले अरु बाहिरका व्यक्तिलाईसमेत अस्पतालभित्र निजी फार्मेसी सञ्चालन गर्न दिइरहेको फेला परेको छ। कट्टेलका अनुसार अस्पताल प्रशासनसँगै समन्वय गरेर बन्द गरिएका दुवै फार्मेसी अस्पतालले बाहिरका व्यक्तिलाई सञ्चालन गर्न दिएको हो ।

त्यसैगरि अनुगमन टोलीले अनुमति प्राप्त व्यवसायीबिनै बाहिरका कर्मचारी राखेर औषधि बिक्री गर्ने नोबेल अस्पताल र विराट नर्सिङ होम आसपासमा सञ्चालनमा रहेका ३ वटा औषधीपसल सिल गरेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार