पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने

पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने भएको छ। कोष सञ्चालक परिषद्ले गत वर्ष नै निर्णय गरेबमोजिम चार बैंकमा रु २५ करोडका दरले अक्षय कोष स्थापना गर्न लागेको हाे । यसरी जम्मा गरिएको कोषको ब्याज आवश्यक परे मात्र निकालिने छ । सावाँ भने सञ्चालक परिषद्ले अनुमोदन नगरी ननिकालिने कोषाध्यक्ष डा. मिलनकुमार थापाले  जानकारी दिए।

मन्दिरको भेटघाटीलगायत जग्गाको कुत आदि आम्दानीबाट जम्मा भएको रकम हालसम्म छ बैंकमा राखिएको छ। ती बैंकबाट रकम निकाली बढी ब्याज दिने बैंकमा अक्षय कोष स्थापना गर्ने अन्तिम गृहकार्य भइरहेको कोषले जनाएको छ।

हालसम्म नेपाल बैंक लिमिटेडमा रु २६ करोड, कृषि विकास बैंकमा रु पाँच करोड, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा रु ३५ करोड, माछापुच्छ्रे बैंकमा रु १३ करोड, नेपाल एसबिआई बैंकमा रु १० करोड र एभरेष्ट बैंकमा रु छ करोड गरी रु ९५ करोड मौज्दात छ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार