११३ वर्षीय चेल्ली चौधरीलाई सम्मान

सन्र्दश : ३० औं अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस

११३ वर्षीय चेल्ली चौधरीलाई सम्मान

सन्र्दश : ३० औं अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस

दाङ । जेष्ठ नागरिक दिवसको अवसरमा लमही नगरपालिकाले ११३ बर्षिय जेष्ठ नागरिकलाई सम्मान गरेको छ। ३० औं अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक सञ्जाल लमही नगरपालिकाले एक कार्यक्रमको आयोजना गरि लमही नगरपालिका नगरपालिका वडा नम्बर ४ की ११३ बर्षीय चेल्ली चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएकाे छ ।

नगरपालिकाले चेल्लीसहित ११ जना जेष्ठ नागरिकलाई नगर प्रमुख कुलबहादुर केसी र उप–प्रमुख देवका बेल्वासेले सम्मान गरेर हुन । लमही नगरपालिका वडा नम्बर १ निवासी ईन्द्रबहादुर पुन, वडा नम्बर २ निवासी गुरुदेव चौधरी, ववडा नम्बर ३ का आशाराम चौधरी, वडा नम्बर ४ का माघुराम चौधरी, वडा नम्बर ५ का खुविराम चौधरी, सोहि वडा कै एकराज शर्मा, वडा नम्बर ६ का रेशमबहादुर खड्का, वडा नम्बर ७ का मोतीराम चौधरी, वडा नम्बर ८ का गोपालसिंह केसी, वडा नम्बर ९ का देवीमाया थापालाई सम्मान गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार