रुकुममा थप १० जनामा कोरोना संक्रमण पुष्टि

रुकुममा थप १० जनामा कोरोना संक्रमण पुष्टि

प्रतिकात्मक तस्बिर

मुसिकोट । रुकुम पश्चिममा आइतबार थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको सानीभेरी गाउँपालिकामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चौरजहारी नगरपालिकाकाे प्रयोगशालमा गरिएको पिसिआर परिक्षामा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

असोज २२ गते ७२ जनाको स्वाब परिक्षणको लागि संकलन गरिएकोमा ८ पुरुष र २ जना महिलाको रिपोर्ट पोजेटिभ आएको सानीभेरी गाउँपालिकाका स्वास्थ्य शाखा सयोजक छविलाल केसीले जानकारी दिएका छन । संक्रमित हुनेहरुमा गाउँपालिकाको वडा नम्बर ४ का २ महिला र ३ पुरुष, वडा नम्बर ३ का ३ पुरुष, वडा नम्बर ९ का २ जना पुरुषमा काेराेना भाइरसकाे संक्रमन देखिएको छ ।

संक्रमितहरु मध्ये ९ जना भारत र १ जना नेपालगञ्जबाट आएका हुन । करिव १० दिन अघी भारतबाट आई होम क्वारेन्टीमा बसेकाहरुलाई संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ ।

योसँगै सानीभेरी गाउँपालिकामा कोरोना संक्रमितको सङ्ख्या २० पुगेको छ ति मध्ये १५ जना सक्रिय संक्रमित रहेका छन । यसअघी संक्रमित भै आइसोलेसनमा बसेका ५ जनाको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको स्वास्थय संयोजक केसीले बताए। आज थपिएका १० जना सहित रुकुम पश्चिममा कोरोना संक्रमितको संख्या १ सय ४३ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार