कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय बन्द

कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय बन्द

दाङ । जिल्ला प्रशासन कार्यालय दाङमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कोरोना संक्रमित कर्मचारीको संम्पर्कमा रहेका कर्मचारीहरुको स्वास्थ्य परिक्षणका लागि स्वाव संकलन गरि पठाइएकाले असोजको २५ गतेदेखि असोजको ३० गतेसम्मलाई कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकिय अधिकृत अम्मरराज आचार्यले आइतवार सूचना प्रकाशित गरि असोजको ३० गतेसम्म कार्यालय बन्द रहने जानकारी गराएका छन् । बन्दको समयमा अत्यावश्यक शान्ति सुरक्षा र मुद्धा बाहेक अन्य सेवाहरु बन्द रहने जनाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार