सोती घटना : जिल्ला अदालतको आदेश उच्चले उल्टायो

सोती घटना : जिल्ला अदालतको आदेश उच्चले उल्टायो

सुर्खेत । रूकुम पश्चिमको चौरजहारी ८ सोतिमा जाजरकोटमा नवराज बिकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्नताको अभियोग लागेकामध्ये ६ जनालाई तारेखमा छाड्ने की थुनामा पठाउने भन्नेबारे उच्च अदालत सुर्खेतका दुई जना न्यायाधीशको राय बाझिएको छ।

उक्त घटनामा ३४ जना विरूद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यसमध्ये जिल्लाअदालतले दुई जना नाबालकलाई बाल सुधार गृहमा पठाउने, एक जनालाई १ लाख रूपैयाँ धरौटीमा रिहा गर्ने र तीन जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको थियो। बाँकी २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश थियो।

यी आदेशविरूद्ध उच्च अदालत सुर्खेतमा अभियोग लागेका व्यक्तिहरू र सरकारी वकील दुवैले निवेदन दिएका थिए। सरकारी वकीलले जिल्ला अदालतले तारेख र धरौटीमा छाडेकालाई पनि थुनामा पठाउने आदेश माग गरेका थिए भने जिल्ला अदालतले थुनामा पठाएका अभियुक्तहरूले आफूहरूलाई तारेखमा छाड्नु पर्ने माग गरेका थिए।

आफ्नी प्रेमिकालाई लिन भनि चौरजहजारी गएका जाजरकोटका नवराज विक र उनका साथीहरू गणेश बुढा, लोकेन्द्र सुनार, सन्जिव विक र गोविन्द शाही तथा रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका टीकाराम नेपालीलाई स्थानीयले कुटपिट गरी हत्या गरेका थिए। उनीहरूको शव भेरी नदीमा भेटिएको थियो। यो घटनामा मुद्दा चलाइएका ३४ जनामध्ये अन्तिम फैसला आउन्जेलसम्म उनीहरू थुनामा बस्ने वा थुनामुक्त हुने भन्ने विषयमा अहिले सुनुवाइ भइरहेको हो।

आइतबार लामो सुनुवाइपछि राति अबेर साढे ११ बजेतिर उच्च अदालत सुर्खेतका न्यायाधीशहरूले आदेश जारी गरेका छन्। जसमध्ये दिपेन्द्र चन्द, तुलबहादुर मल्ल र ईन्द्रबहादुर मल्ललाई साधारण तारेखमा छाड्ने जिल्ला अदालतको आदेश मिलेको भन्दै सदर गरिएको छ।

त्यस्तै उक्त घटनामा नवराज बिककी प्रेमिका भनिएकी युवतीकी आमा परिवर्तित नाम ु५४ रुकुम पश्चिम ९३६०ु लाई एक लाख धरौटीमा छाड्ने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको छ। नवराजकी प्रेमिका भनिएको युवति परिवर्तित नाम ु५४ रुकुम पश्चिम ३६ु र उनका भाइ परिवर्तित नाम ु५४ रुकुम पश्चिम ३९ु लाई नाबालक भएको भन्दै जिल्ला अदालतले बाल सुधार गृहमा पठाउने आदेश गरेको थियो। उच्च अदालतले यसमा बदर गर्दै उनीहरूलाई तत्काल परिवारको जिम्मा लगाउन आदेश दिएको छ।
यी आदेशहरूमा इजलासका मुख्य न्यायाधीश कुमार चुडाल र अर्का न्यायाधीश सुदर्शनदेव भट्टको राय मिलेको छ। घटनापछि प्रहरीले संलग्नताको आरोप लगाएका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भिमबहादुर बुढा फरार थिए। पछि उनीहरूले आफैं उपस्थित हुने निवेदन दिएका थिए र जिल्ला अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। पहिले नै पक्राउ परेका सविन पुन पनि थुनामै थिए।

उच्च अदालतका न्यायाधीशहरूबीच यी ६ जनालाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म थुनामा राख्ने कि छाड्ने भन्नेमा मत नमिलेको हो। मुख्य न्यायाधीश चुडालले यो घटनामा परेका तीन वटा छुट्टाछुट्टै जाहेरीमा यी ६ जनाको नाम उल्लेख नभएको, उनीहरू अदालतमा उपस्थित भएर बयान गर्दा आफ्नो संलग्नता अस्वीकार गरेको जस्ता आधारमा थुनामा राख्न नहुने राय लेखेका छन्। अर्का अभियुक्त मोहन पुनले प्रहरी समक्ष बयान गर्दा यी ६ जना व्यक्ति पनि संलग्न भएको बताएपछि यिनीहरूलाई प्रहरीले अभियोग लगाएको थियो।

दुई जना न्यायाधीशकाबीचमा बाँकी २२ जनालाई थुनामा पठाउनेबारे भने मत मिलेको छ। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेका उनीहरू सबैलाई थुनामै राख्नुपर्नेमा न्यायाधीशहरू चुडाल र भट्ट सहमत छन्।
त्यसमा पुनले अदालतमा बयान गर्दा यिनीहरू संलग्न नभएको बताएको र घटनाका घाइतेले समेत यी ६ जनाको संलग्नता उल्लेख नगरेको कारण देखाउँदै न्यायाधीश चुडालले उनीहरूलाई थुनामा नराख्न आदेश गरेका हुन्। तर, अर्का न्यायाधीश भट्टले भने यी ६ जनालाई पनि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर हुनुपर्ने राय लेखेका छन्।

दुई जना न्यायाधीशकाबीचमा बाँकी २२ जनालाई थुनामा पठाउनेबारे भने मत मिलेको छ। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेका उनीहरू सबैलाई थुनामै राख्नुपर्नेमा न्यायाधीशहरू चुडाल र भट्ट सहमत छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार