मन्त्री त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख

मन्त्री त्रिपाठीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो ।

मन्त्री त्रिपाठीलाई गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि ग्राण्डी अस्पतालमा लगिएको निजी सचिव पौडेलले बताए । मन्त्रीको उपचारमा सोही अस्पतालका चिकित्सक डा.प्रवीणविक्रम थापा, डा. धीरेश महर्जन, डा. रोशन घिमिरे र डा. सन्तोष श्रेष्ठ खटिएका छन् । रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार