मंगलबार ३५५६ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

मंगलबार ३५५६ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ५०३ निको भएका छन्। योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ। अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ। मंगलबार मात्र थप मृतक १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार