धनगढीमा ग्यास विस्फोट हुँदा गम्भीर घाइते महिलाको मृत्यु

धनगढीमा ग्यास विस्फोट हुँदा गम्भीर घाइते महिलाको मृत्यु

काठमाडौँ । धनगढीमा लिक भएको अवस्थामा ग्यास बाल्दा भएको विस्फोटमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाईते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बिर्माको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको जानकारी दिए। प्रहरीका अनुसार घाइते अवस्थामा रहेका मृतकका श्रीमान हरीलाल विष्ट र उनकी नातिनिको अवस्था भने खतरामुक्त छ।

उनीहरुको पनि काठमाडौँमै उपचार भइरहेको निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक विष्टले बताए। बुधबार बिहान हरीलालले बजारबाट सिलिण्डर ल्याएर रेगुलेटर लगाउने क्रममा ग्यास लिक भएको जनाउँदै प्रहरी नायब उपरिक्षक विष्टले सोही बेला ग्यास बाल्दा भान्छामा जम्मा भएको ग्यास विस्फोट भएको बताए।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार