काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन ।
उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यको ख्याल गर्नसमेत आग्रह भएको छ । यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो ।
आजको PCR परीक्षण रिपोर्टमा
म मा पनि कोरोना- पोजिटिभ
देखियो। यस बीच मसंग सम्पर्कमा आउनु भएका सबै महानुभवहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।— Basanta Kumar Nembang (@nembang_basanta) October 19, 2020