रुपन्देहीमा उपचारका क्रममा ९५ वर्षीया कोरोना संक्रमितको मृत्यु

रुपन्देहीमा उपचारका क्रममा ९५ वर्षीया कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-१ का ९५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको आइतबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

जिल्लाका ७९ जना लक्षणसहितका संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । कूल ६ हजार १८८ जना संक्रमित रहेका रुपन्देहीमा ४ हजार ६१६ जना निको भएका छन् भने १४ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार