मुकेश चौरसियाको हत्यामा संलग्न एकजना पक्राउ

मुकेश चौरसियाको हत्यामा संलग्न एकजना पक्राउ

काठमाडौं । नेकपा पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हत्यामा संलग्न भएको आरोपमा पर्सा विन्दवासीनी गाउँपालिका–४ मधवलका ३२ वर्षीय निरन्जन तिवारीलाई भारत बाट पक्राउ गरेको हो।

तिवारीसहितको टोलीले कात्तिक ६ गते पर्साको बिन्दबासिनी गाउँपालिकाका सत्तारुढ नेकपाका सचिव चौरसियामाथि आक्रमण गर्दा उनको ज्यान गएको थियो। पर्सा विन्दवासिनी गाउँपालिका–५ प्रसौनी गाँउस्थित सेलर मिलको भवनमा आयोजित नेकपा विन्दवासीनी गाँउपालिका कमिटीको सपथ कार्यक्रमस्थल बाहिर झडप भएको थियो।
दुई पक्षबीच विवाद हुँदा बाँसको भाटाले एक अर्कालाई प्रहार गर्ने क्रममा चौरसिया घाइते भएका थिए। घाइते चौरसियाको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार