सार्वजनिकस्थलमा खाना खुवाउने कामलाई निरन्तरता दिन गगन थापाको अनुरोध

सार्वजनिकस्थलमा खाना खुवाउने कामलाई निरन्तरता दिन गगन थापाको अनुरोध

काठमाडौँ । पूर्व स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेसका नेता सासद गगन थापाले काठमाडौको खुलामञ्चलगायत सार्वजनिकस्थलमा सञ्चालन भइरहेको निःशुल्क खाना खुवाउने अभियान नरोक्न अनुरोध गरेका छन्। काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन बन्द गर्न निर्देशन दिएपछि थापाले खाना खुवाउने अभियानलाई निरन्तरता दिन सबैलाई अनुरोध गरेका हुन्।

‘जीवन निर्वाह गर्न गाह्रो भइरहेकालाई, काठमाडौंका विभिन्न स्थानमा परोपकारी मन भएकाहरूले खाना खुवाइरहनु भएको छ। विषम परिस्थितिमा यस्तो परोपकारी काम गरेर हाम्रो शहरको इज्जत धानिदिनु भएकोमा धेरै धन्यवाद’, थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

खुलामञ्चमा ‘हन्ड्रेड्स ग्रुप्स’लगायत विभिन्न समूहले  निस्शुल्क खाना खुवाउँदै आएका छन्। विगत २२० दिनयता ‘हन्ड्रेड्स ग्रुप्स’ले कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खाना खुवाउँदै आएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार