रुपन्देहीमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

रुपन्देहीमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी महिलाको शनिबार बिहान साढे ५ बजे मृत्यु भएको हो । अस्पतालले शनिबार राति ९ बजे विज्ञप्तिमार्फत ती महिलाको मृत्यु भएको पुष्टि गरेको हो ।

योसँगै प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणले मृत्यु हुने संख्या ८२ र लुम्बिनी प्रदेशमा १९६ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार