नम्रता बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

नम्रता बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’

काठमाडौँ । नम्रता श्रेष्ठ ‘मिस नेपाल वर्ल्ड २०२०’ बन्न सफल भएकी छन्। शनिबार राजधानीमा सम्पन्न प्रतियोगिताको प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल बन्न सफल भएकी हुन्। उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन्। श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्।

यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् भने सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन्। त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्।

कोरोना महामारीका कारण यस वर्ष मिस नेपाल फरक तरिकाले आयोजना गरिएको आयोजक हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले जनाए । ‘हामी हरेक वर्ष मिस आयोजना गर्दै आएका छौं । यो वर्ष कोभिडको कठिन परिस्थितिमा पनि मिस नेपाल गर्न सफल भएका छौं । यस वर्ष कोभिडले गर्दा हामीले केही फरक तरिकाले गरेका छौं । ३ हप्ताको भर्चुअल ट्रेनिङ गर्‍यौ’ उनले भने ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार